Header Ads Widget

Ticker

6/recent/ticker-posts

नयाँ सेल्फी एक्स्पर्ट ओप्पो F3


स्मार्टफोन फोटोग्राफीका लागि अग्रणी ओप्पोले डुअल सेल्फी क्यामेरा स्मार्टफोन ओप्पो एफथ्री सार्वजनिक गरेको छ । नयाँ फोनमा उपलब्ध डुअल फ्रन्ट क्यामेराको माध्यमबाट प्रयोगकर्ताले आकर्षक तथा उत्कृष्ट सेल्फीका साथै गु्रप (सामूहिक) सेल्फीसमेत निकै सहज तरिकाले लिन सक्नेछन् ।

नेपाललगायत भारत, भियतनाम, इन्डोनेसिया, फिलिपिन्स र म्यानमारमा अप्रिल १ मा एफथ्री प्लस लन्च गरिएको थियो । सार्वजनिक भएको एफथ्रीमा पनि एफथ्री प्लसमा झैँ डुअल फ्रन्ट क्यामेरालाई निरन्तरता दिइएको छ । डुअल सेल्फी क्यामेरामध्ये एक व्यक्तिगत सेल्फीका लागि र अर्कोमा ग्रुप सेल्फीका लागि डिजाइन गरिएको वाइड एङ्गल क्यामेरा छ । साधारण सेल्फी क्यामेराको तुलनामा ।
एफथ्रीमा दोब्बर फराकिलो फिल्ड अफ भ्यू भएको कम्पनीले जानकारी दिएको छ । सामूहिक रूपमा सेल्फी लिनुपर्दा सबै जना फ्रेममा अटाउन निकै झन्झट बेहोर्नुपर्ने बाध्यता थियो । अनुहार काटिएर आउनु, सेल्फी सटमा ब्याकग्राउन्ड (पृष्ठभूमि) नअटाउनु जस्ता समस्या सामान्य थियो । यो नयाँ फोनको माध्यमबाट ओप्पोले भ्रमणमा निस्कँदा सेल्फी खिच्न सेल्फी स्टिक बोक्नैपर्ने झञ्झटबाट मुक्ति दिने उद्देश्य बोकेको छ ।
साभार कान्तिपुर साप्ताहिकबाट ।
यो च्यानललाइ सब्सक्राइब गर्न नबिर्सिनुहोला । तल YouTube Button मा Click गर्नुहोला ।

Post a Comment

0 Comments