Header Ads Widget

Ticker

6/recent/ticker-posts

अर्थहिन तथा गलत समाचारहरु रोक्न फेसबुकले गरे यी उपायहरू

यो च्यानललाइ एकचोटी अवश्य नै भिजिट गर्नु होला । तलको तस्वीरमा  click गर्नु होला । Tech Video हरू ह्रर्न  लाइ  यो च्यानललाइ अवश्य नै  Subscribe गर्नु होला ।

नक्कली तथा गलत समाचारहरु भाइरल बनेर त्यसले विश्वको समाज तथा राजनीतिमा समेत असर पार्न थालेको भन्दै आलोचना भएसँगै फेसबुकले त्यस्ता समाचार रोक्नका लागि नयाँ फिचर्स सार्वजनिक गरेको छ ।

फेसबुकले फेक समाचारको बारेमा रिपोर्ट गर्ने अथवा उजुरी गर्न सकिने रिपोर्टिंग फिचरका साथै गलत सूचना प्रवाह हुने क्रमसँग जुध्नका लागि सोसल साइटमा केही परिवर्तनहरु ल्याएको छ ।

फेसबुकमा भाइरल बन्ने गलत समाचारले अमेरिकी राष्ट्रपति चुनावको परिणाम सोँचे भन्दा फरक पारेको भन्दै कतिपयले गुनासो गरेसँगै फेसबुकको व्यापक आलोचना सुरु भएको थियो ।

नयाँ फिचरहरुमा नक्कली तथा गलत समाचारको बारेमा सूचना दिने फिचरहरु रहेका छन् । एक वक्तव्यमा फेसबुकले भनेको छ- हामीले जनतालाई आवाज दिनुपर्छ भन्ने कुरामा विश्वास गर्दछौँ र हामी आफै मात्र सत्यको निर्णयकर्ता बन्न सक्दैनौँ । त्यसैले हामी यो समस्याको समाधानतर्फ सजगरुपमा अघि बढिरहेका छौँ ।

नयाँ फिचरको रुपमा फेसबुकले it’s a fake news story नामक नयाँ अप्सन थप गरेको छ यसको रिपोर्टिंग फिचरमा । जुन अहिले स्पाम तथा अन्य खालका आपत्तिजनक सामाग्रीहरुमा प्रयोग हुने गरेको छ ।

साथै फेसबुकले विवादास्पद समाचारहरुका बारेमा रिपोर्ट गर्न नयाँ लेबल पनि थप गर्दैछ । त्यस्ता विवादास्पद समाचारको बारेमा उजुरी परेसँगै फेसबुकले त्यसको सत्यता जाँच गर्न तेश्रो पक्षसमक्ष पेश गर्नेछ ।

विवादास्पद तथा झुटो र नक्कली ठहरिएका समाचारहरुलाई फेसबुकले नक्कली करार गरी त्यसको सूचनाको लिंक पनि समावेश गर्नेछ र त्यस्ता समाचार सोसल फिडमा न्यून रुपमा देखा पर्नेछन् । साथै विवादास्पद समाचारहरुमा फेसबुकले प्रयोगकर्तालाई चेतावनी स्वरुप उक्त समाचार गलत पनि हुनसक्ने जनाउ दिनेछ ।

साथै फेसबुकले गलत समाचार रोक्नका लागि भविष्यमा अन्य फिचरहरु समेत थप गर्न सकिने जनाएको छ ।साथै फेसबुकले चर्चित प्रकाशकहरुको नामसँग नक्कल गरी पाठकहरुमा भ्रम फैलाउने खालका वेबसाइटहरुलाई समेत दण्डित गर्ने योजना बनाएको छ ।
ram-krishna.com.np बाट साभार ।

यो च्यानललाइ सब्सक्राइब गर्न नबिर्सिनुहोला । तल YouTube Button मा Click गर्नुहोला ।

Post a Comment

0 Comments