Header Ads Widget

Ticker

6/recent/ticker-posts

यस्ता छन् नेपाल आइडल गाला राउन्डका १२ सारथी


एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल अहिले 'गाला राउन्ड'मा आइपुगेको छ । सैयौं प्रतियोगीबाट उत्कृष्ट १२ सम्म आइपुग्दा दर्शकमाझ कौतूहल पनि बढेको छ । अहिले नेपालमा सर्वाधिक रुचाइएको र धेरै दर्शकले हेर्ने गायन रियालिटी सो हो, नेपाल आइडल । 'अग्निपरीक्षा' (पियानो राउन्ड)बाट गायनसम्बन्धी प्रशिक्षणसमेत पाउन थालेका प्रतियोगीहरू नयाँ गेटअप, प्रोफेसनल माइक, धमकेदार ब्यान्डको सुमधुर सांगीतिक धुनसहित मञ्चमा प्रस्तुत हुन थालेका छन् । उत्कृष्ट १२ अर्थात् 'गाला राउन्ड'मा परेका प्रतियोगीहरू कोहीभन्दा कोही कम छैनन् । यस राउन्डमा परेका प्रतियोगीहरू कस्ता छन् त ? उनीहरूको आफ्नो गायनयात्रा, अनुभव र अपेक्षाका बारेमा अशोकप्यासी राईले गरेको कुराकानीको मुख्य अंश :
----------------------
राहुल विश्वास
ठेगाना :नेपालगन्ज, बाँके
उमेर :२१ वर्ष
शिक्षा : स्नातक अध्ययनरत




सानैदेखि गीतसंगीतमा रुचि भएकाले गायनमा लाग्न राहुल विश्वासले धेरै सोच्नु परेन । नेपाल आइडलको उत्कृष्ट १२ मा परेका उनी संगीतप्रतिको लगाव र मेहनतका कारण यो सफलता पाएको बताउँछन् । आधुनिक, पप, रक गीत बढी मन पराउने उनलाई नारायण गोपाल, सुगम पोखरेल, एड्रियन प्रधान मन पर्ने गायक हुन् । काठमाडौंबाट अडिसन दिएका उनको लक्ष्य नेपाल आइडल जित्ने नै हो । उत्कृष्ट १२ मा परेकामध्ये केञ्जल मेहर श्रेष्ठ, प्रमिला राई र प्रताप दासका गायनकला उनलाई मन पर्छ । राहुलले करनराज कार्कीसँग शास्त्रीय संगीत सिकेका छन् ।

------------------------------
सुजाता पाण्डेय
ठेगाना :तिलोत्तमा, बुटवल
उमेर :२१ वर्ष
शिक्षा :बीबीएस अध्ययनरत



अरुणा लामा, तारादेवी र नयाँ पुस्तामा मेलिना राईको स्वर मन पराउने सुजाता पाण्डेय पनि नेपाल आइडलको उत्कृष्ट १२ मा परेकी छन् । बुटवलबाट अडिसन दिएकी उनी मेहनत र दर्शकको मायाका कारण यो स्थानसम्म आएको बताउँछिन् । उनको पनि लक्ष्य जित नै हो । पहिलोपटक यस प्रकारको प्रतियोगितामा सहभागी भएकी उनी भन्छिन्, 'धेरै कुरा सिक्ने मौका पाएँ । यसले मेरो करिअरलाई बुस्ट गर्ने पक्का छ ।' बुटवलमा हुँदा बागेश्वरी संगीतालयमा सुरेश सेन्चुरीसँग शास्त्रीय संगीत सिकेकी उनलाई नेपाल आइडलको उत्कृष्ट १२ मा परेकामध्ये प्रताप दास, निशान भट्टराई र सुरज थापाको स्वर मन पर्छ ।
----------------------------
उल्सन श्रेष्ठ
ठेगाना :दिक्तेल, खोटाङ
उमेर :२४ वर्ष
शिक्षा :स्नातक अध्ययनरत



हार नखाने बानी, संगीतप्रतिको गहिरो लगाव र दर्शकको मायाका कारण आफू नेपाल आइडलको उत्कृष्ट १२ मा पर्न सफल भएको बताउँछन् उल्सन श्रेष्ठ । काठमाडौंबाट अडिसन दिएका उनको पनि लक्ष्य नेपाल आइडल बन्ने नै हो । 'प्रतियोगितामा सहभागी भएपछि सबैको लक्ष्य र चाहना जित नै हुन्छ', उल्सनले भने, 'तर यस्तो प्रतियोगीले जितोस् जो सबभन्दा राम्रो गाउनसक्छ ।' आमाबाबुदेखि दिदीदाइले समेत नाच्न, गाउन प्रेरित गर्ने भएकाले संगीत क्षेत्रमा आउन आफूलाई सजिलो भएको उनको भनाइ छ । मेलोडी पप, लोक एवं रक गीत मन पराउने उनलाई मन पर्ने गायक राजेशपायल राई हुन् ।

-----------------------------------
निशान भट्टराई
ठेगाना : उर्लाबारी, मोरङ
उमेर :२१ वर्ष
शिक्षा : बीबीएस अध्ययनरत



गजल र आधुनिक शैलीका गीत बढी मन पराउने निशाल भट्टराई सबै खाले गीत गाउन सक्छन् । नेपाल आइडलमा उत्कृष्ट १२ मा परेका उनी निर्णायकको सही निर्णय र आफ्नो गायनकलाका कारण यो स्थानसम्म आइपुगेको ठान्छन् । सानैदेखि गीतसंगीतप्रति अगाध रुचि एवं परिवारको साथ र सहयोगले गायन क्षेत्रमा लाग्न आफूलाई सहज भएको उनको भनाइ छ । अहिले मनोजराज शिवाकोटीसँग संगीत सिकिरहेका उनले यसअघि विशाल राई, यशोधा शाक्य र कमला खनालसँग पनि केही समय संगीत सिकेका छन् । प्रताप दासको गायनकला मन पराउने निशान नेपाल आइडलको यात्रा निकै माथि पुग्नेमा विश्वस्त छन् ।

----------------------------------
सागर आलेमगर
ठेगाना :नारायणगढ चितवन
उमेर :२० वर्ष
शिक्षा :प्लस टु



सबै प्रकारका गीत सुन्न र गाउन रुचाउने सागर आलेमगरलाई नारायण गोपाल, ज्ञानु राणा, तारा थापा, भक्तराज आचार्य एवं एड्रियन प्रधानको स्वर मन पर्छ । अहिलेसम्म औपचारिक रूपमा संगीत नसिकेका सागर नयाँ शैलीको आफ्नो स्वर, मेहनत र सबैको साथले नेपाल आइडलको उत्कृष्ट १२ मा पर्न सफल भएको ठान्छन् । परिवारमा सांगीतिक वातावरण भएकाले यस क्षेत्रमा आफूलाई सजिलो भएको उनको भनाइ छ । नारायणगढबाट अडिसन दिएका उनी नेपाल आइडलको अन्तिम चरणसम्म पुग्नेमा आशावादी छन् । उत्कृष्ट १२ मध्ये बुद्ध लामाको गाउने शैली उनलाई मन पर्छ ।

----------------------------------------------
बुद्ध लामा
ठेगाना : नयाँबजार, पोखरा
उमेर :२० वर्ष
शिक्षा :प्लस टु अध्ययनरत



नेपाल आइडलका लागि पोखराबाट अडिसन दिएर उत्कृष्ट १२ सम्मको यात्रा तय गरेका बुद्ध लामाले तीर्थराज पोखरेलसँग संगीत सिकेका छन् । परिवार खासगरी दिदी र दाइका कारण गायनमा लाग्न प्रेरणा मिलेको उनको भनाइ छ । नारायणगोपाल, भक्तराज आचार्य र अनिल सिंहको स्वर मन पराउने उनी पुराना र आधुनिक शैलीका गीत बढी मन पराउँछन् । उत्कृष्ट १२ मध्ये सुरज थापा, निशान भट्टराई र सागर आलेमगरबाट प्रभावित उनी नेपाल आइडलका हरेक क्षण यादगार रहेको बताउँछन् । मेहनत र सबैको मायाले यहाँसम्म आइपुगेको र अब पनि सबैको माया पाउने उनले अपेक्षा लिएका छन्।

--------------------------------------------
सुरज थापा
ठेगाना :नेपालगन्ज, बाँके
उमेर :३० वर्ष
शिक्षा : आईए


राजधानीबाट अडिसन दिएका सुरज थापा आधुनिक, सेमी क्लासिक र सेन्टिमेन्टल गीत मन पराउँछन् । उनलाई पुराना पुस्तामा नारायणगोपाल, भक्तराज आचार्य एवं नयाँ पुस्तामा स्वरूपराज आचार्यको स्वर मन पर्छ।

आफ्नो स्वरको स्तर, मेहनत र आत्मविश्वासका कारण नेपाल आइडलको उत्कृष्ट १२ सम्म आइपुगेको उनलाई लागेको छ । उपाधिका लागि आफूलाई दाबेदार मान्ने सुरजले आरआर कलेजमा पढ्दा बेनी जंगम, दिनेश थापा र लाक्पा शेर्पाबाट गायनसम्बन्धी प्रशिक्षण लिएका छन् ।


रेडियो नेपालमा पुराना कलाकारको गीत सुनेर आफू गीतसंगीतप्रति आकर्षित भएको सुरजको भनाइ छ । नेपाल आइडलमा आएपछि धेरै कुरा सिकेको र यसले आफ्नो गायन करिअरमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले लिएका छन् ।
------------------------------------------

प्रमिला राई
ठेगाना :बालाजु, काठमाडौं
उमेर :२२ वर्ष
शिक्षा :स्नातक (अध्ययनरत)



सबिन राई, अभया सुब्बा र एड्रियन प्रधानको स्वर मन पराउने प्रमिला राईले नेपाल आइडलका लागि राजधानीबाट अडिसन दिएकी हुन् । पप रक गीत गाउन रुचाउने उनी अंग्रेजी गीतकी सोखिन हुन् । आफू संगीतको सोखिन हुनुका साथै कडा मेहनत गरेकाले नेपाल आइडलजस्तो प्रभावशाली प्रतियोगिताको उत्कृष्ट १२ सम्म आइपुगेको उनको भनाइ छ ।


आफ्नो मेहनतमा संगीतप्रेमी श्रोतादर्शकको माया र साथ रहेमा उपाधि जित्नसक्ने उनको विश्वास छ । परिवारको प्रेरणा र खासगरी बुवाको साथका कारण संगीत क्षेत्रमा लागेकी प्रमिलाले यसअघि औपचारिक रूपमा कसैसँग पनि संगीत सिकेकी छैनन् । उत्कृष्ट १२ मा परेकामध्ये प्रताप दास र सुरज थापाको स्वर मन पराउने उनी उत्कृष्ट १८ मा परेका प्रताप लामाको स्वर र गायनशैलीबाट प्रभावित थिइन् ।

-----------------------------------------------
केन्जल मेहर श्रेष्ठ
ठेगाना :बालकुमारी, ललितपुर
उमेर :२२ वर्ष
शिक्षा :स्नातक (अध्ययनरत)



आफूसँगै उत्कृष्ट १२ मा आएकामध्ये प्रमिला राई, राहुल विश्वास र प्रताप दासको गायन कला मन पराउने केन्जललाई नेपाल आइडलमा सहभागी भएपछि सँगालेका हरेक क्षण अविस्मरणीय लागेको छ । सिलु जोशी र करणराज कार्कीसँग सांगीतिक ज्ञान हासिल गरेकी उनी बुवा र म्युजिक इन्स्टिच्युटका कारण संगीत क्षेत्रमा आएको बताउँछिन् ।


नेपाल आइडलजस्तो प्रतिष्ठित प्रतियोगिताको उत्कृष्ट १२ सम्म आइपुग्नुलाई ठूलो उपलब्धि मानेकी उनको लक्ष्य भने जित्ने नै रहेको छ । संगीतप्रति आफ्नो लगाव र मेहनतका कारण यो उपलब्धि हासिल गरेको उनको भनाइ छ । सुक्मित गुरुङ, एड्रियन प्रधान, सबिन राई र अभया सुब्बाको स्वर मन पराउने केन्जल पनि पप र रक गीतकी पारखी हुन् ।
----------------------------------------

प्रताप दास
ठेगाना :झरुवारासी, ललितपुर
उमेर :२२ वर्ष
शिक्षा :स्नातक (अध्ययनरत)



नारायणगोपाल र कर्णदासको स्वर मन पराउने प्रताप दास प्राय:सबै प्रकारका गीत गाउन र सुन्न मन पराउँछन् । प्रतियोगितामा सहभागी हरेकको लक्ष्य जित नै भएकाले आफ्नो पनि अहिले एकमात्र लक्ष्य नेपाल आइडल बन्ने रहेको उनी बताउँछन् । 'तर, उत्कृष्ट १२ सम्म आइपुग्नु पनि ठूलो उपलब्धि हो', उनले भने ।

पारिवारिक वातावरण नै सांगीतिक भएकाले आफूलाई यस क्षेत्रमा लाग्न र अघि बढ्न सजिलो भएको उनको भनाइ छ । प्रतापले धनबहादुर गोपाली र बद्री बहादुरसँग लगभग तीन वर्ष गायनसम्बन्धी प्रशिक्षण लिएका छन् । नेपाल आइडलका लागि देशभरबाट भएको अडिसनबाट छनोट भएका एक सय ३३ जना प्रतियोगी पहिलोपटक एउटै हलमा बस्दाको क्षण उनलाई रोमाञ्चक लाग्छ ।

-----------------------------------------------
मेनुका पौडेल
ठेगाना : हल्दीबारी, झापा
उमेर : १८ वर्ष
शिक्षा : प्लस टु रनिङ



काठमाडौंबाट अडिसन दिएकी मेनुका पौडेलले नेपाल आइडलको उत्कृष्ट १२ सम्म आइपुग्दा आफ्नो बेग्लै छवि स्थापित गरिसकेकी छन् । दृष्टिविहीन मेनुकाको स्वरका पारखीको संख्या बढ्दो छ । नारायणगोपाल र तारादेवीको स्वर मन पराउने उनी शास्त्रीय र पुराना मेलोडियस गीत सुन्न र गाउन मन पराउँछिन् । कडा मेहनतका कारण नेपाल आइडलको उत्कृष्ट १२ सम्मको यात्रा तय गरेकी उनलाई घटीमा पनि उत्कृष्ट पाँचसम्म पुग्ने विश्वास छ ।


आफू अध्ययनरत विद्यालयका कारण संगीत क्षेत्रमा लाग्ने प्रेरणा मिलेको उनी बताउँछिन् । मेनुकाले अनिल फागोसँग पाँच वर्ष शास्त्रीय संगीत सिकेकी छन् । अहिलेका प्रतियोगीमध्ये निशान भट्टराईको गायनकला मन पराउने उनी नेपाल आइडलको पारिवारिक वातावरणका कारण यो क्षण जीवनका लागि अविस्मरणीय रहने बताउँछिन् ।

-------------------------------------------------
सन्ध्या जोशी
ठेगाना : धनगढी, कैलाली
उमेर : २३ वर्ष
शिक्षा : स्नातक अध्ययनरत



सुदूरपश्चिमकी सन्ध्या जोशीले काठमाडौंबाट अडिसन दिएकी हुन् । अमृत गुरुङ र अभया सुब्बाको गीत मन पराउने उनी पप, रक एवं लोकगीतकी पारखी हुन् । आफ्नो मेहनत र दर्शकको मायाका कारण नेपाल आइडलको उत्कृष्ट १२ सम्म आइपुगेको उनको भनाइ छ । 'मेरो प्रयास नेपाल आइडल नै बन्ने हो', सन्ध्याले भनिन्, 'मेहनत गरिरहेकी छु ।


दर्शकको पनि साथ पाउने आशा छ ।' सानैदेखि टेलिभिजन र एफएम रेडियोमा प्रसारण भएका गीत सुनेर उनी संगीत क्षेत्रमा लाग्न प्रेरित भएकी हुन् । धेरै ठाउँमा धेरै साथीसँग गाए पनि उनले औपचारिक रूपमा कसैसँग पनि संगीत सिकेकी छैनन् । नेपाल आइडलका लागि क्लोज क्याम्पमा रहँदा साथीहरूसँग रमाइलो गर्दै गाएका, रमाएका क्षण अविस्मरणीय हुने सन्ध्या बताउँछिन् ।

यो च्यानललाइ एकचोटी अवश्य नै भिजिट गर्नु होला । तलको तस्वीरमा  click गर्नु होला । Tech Video हरू ह्रर्न  लाइ  यो च्यानललाइ अवश्य नै  Subscribe गर्नु होला ।
---------------
एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल अहिले 'गाला राउन्ड'मा आइपुगेको छ । सैयौं प्रतियोगीबाट उत्कृष्ट १२ सम्म आइपुग्दा दर्शकमाझ कौतूहल पनि बढेको छ । अहिले नेपालमा सर्वाधिक रुचाइएको र धेरै दर्शकले हेर्ने गायन रियालिटी सो हो, नेपाल आइडल । 'अग्निपरीक्षा' (पियानो राउन्ड)बाट गायनसम्बन्धी प्रशिक्षणसमेत पाउन थालेका प्रतियोगीहरू नयाँ गेटअप, प्रोफेसनल माइक, धमकेदार ब्यान्डको सुमधुर सांगीतिक धुनसहित मञ्चमा प्रस्तुत हुन थालेका छन् । उत्कृष्ट १२ अर्थात् 'गाला राउन्ड'मा परेका प्रतियोगीहरू कोहीभन्दा कोही कम छैनन् । यस राउन्डमा परेका प्रतियोगीहरू कस्ता छन् त ? उनीहरूको आफ्नो गायनयात्रा, अनुभव र अपेक्षाका बारेमा अशोकप्यासी राईले गरेको कुराकानीको मुख्य अंश : राहुल विश्वास ठेगाना :नेपालगन्ज, बाँके उमेर :२१ वर्ष शिक्षा : स्नातक अध्ययनरत सानैदेखि गीतसंगीतमा रुचि भएकाले गायनमा लाग्न राहुल विश्वासले धेरै सोच्नु परेन । नेपाल आइडलको उत्कृष्ट १२ मा परेका उनी संगीतप्रतिको लगाव र मेहनतका कारण यो सफलता पाएको बताउँछन् । आधुनिक, पप, रक गीत बढी मन पराउने उनलाई नारायण गोपाल, सुगम पोखरेल, एड्रियन प्रधान मन पर्ने गायक हुन् । काठमाडौंबाट अडिसन दिएका उनको लक्ष्य नेपाल आइडल जित्ने नै हो । उत्कृष्ट १२ मा परेकामध्ये केञ्जल मेहर श्रेष्ठ, प्रमिला राई र प्रताप दासका गायनकला उनलाई मन पर्छ । राहुलले करनराज कार्कीसँग शास्त्रीय संगीत सिकेका छन् । सुजाता पाण्डेय ठेगाना :तिलोत्तमा, बुटवल उमेर :२१ वर्ष शिक्षा :बीबीएस अध्ययनरत अरुणा लामा, तारादेवी र नयाँ पुस्तामा मेलिना राईको स्वर मन पराउने सुजाता पाण्डेय पनि नेपाल आइडलको उत्कृष्ट १२ मा परेकी छन् । बुटवलबाट अडिसन दिएकी उनी मेहनत र दर्शकको मायाका कारण यो स्थानसम्म आएको बताउँछिन् । उनको पनि लक्ष्य जित नै हो । पहिलोपटक यस प्रकारको प्रतियोगितामा सहभागी भएकी उनी भन्छिन्, 'धेरै कुरा सिक्ने मौका पाएँ । यसले मेरो करिअरलाई बुस्ट गर्ने पक्का छ ।' बुटवलमा हुँदा बागेश्वरी संगीतालयमा सुरेश सेन्चुरीसँग शास्त्रीय संगीत सिकेकी उनलाई नेपाल आइडलको उत्कृष्ट १२ मा परेकामध्ये प्रताप दास, निशान भट्टराई र सुरज थापाको स्वर मन पर्छ । उल्सन श्रेष्ठ ठेगाना :दिक्तेल, खोटाङ उमेर :२४ वर्ष शिक्षा :स्नातक अध्ययनरत हार नखाने बानी, संगीतप्रतिको गहिरो लगाव र दर्शकको मायाका कारण आफू नेपाल आइडलको उत्कृष्ट १२ मा पर्न सफल भएको बताउँछन् उल्सन श्रेष्ठ । काठमाडौंबाट अडिसन दिएका उनको पनि लक्ष्य नेपाल आइडल बन्ने नै हो । 'प्रतियोगितामा सहभागी भएपछि सबैको लक्ष्य र चाहना जित नै हुन्छ', उल्सनले भने, 'तर यस्तो प्रतियोगीले जितोस् जो सबभन्दा राम्रो गाउनसक्छ ।' आमाबाबुदेखि दिदीदाइले समेत नाच्न, गाउन प्रेरित गर्ने भएकाले संगीत क्षेत्रमा आउन आफूलाई सजिलो भएको उनको भनाइ छ । मेलोडी पप, लोक एवं रक गीत मन पराउने उनलाई मन पर्ने गायक राजेशपायल राई हुन् । निशान भट्टराई ठेगाना : उर्लाबारी, मोरङ उमेर :२१ वर्ष शिक्षा : बीबीएस अध्ययनरत गजल र आधुनिक शैलीका गीत बढी मन पराउने निशाल भट्टराई सबै खाले गीत गाउन सक्छन् । नेपाल आइडलमा उत्कृष्ट १२ मा परेका उनी निर्णायकको सही निर्णय र आफ्नो गायनकलाका कारण यो स्थानसम्म आइपुगेको ठान्छन् । सानैदेखि गीतसंगीतप्रति अगाध रुचि एवं परिवारको साथ र सहयोगले गायन क्षेत्रमा लाग्न आफूलाई सहज भएको उनको भनाइ छ । अहिले मनोजराज शिवाकोटीसँग संगीत सिकिरहेका उनले यसअघि विशाल राई, यशोधा शाक्य र कमला खनालसँग पनि केही समय संगीत सिकेका छन् । प्रताप दासको गायनकला मन पराउने निशान नेपाल आइडलको यात्रा निकै माथि पुग्नेमा विश्वस्त छन् । सागर आलेमगर ठेगाना :नारायणगढ चितवन उमेर :२० वर्ष शिक्षा :प्लस टु सबै प्रकारका गीत सुन्न र गाउन रुचाउने सागर आलेमगरलाई नारायण गोपाल, ज्ञानु राणा, तारा थापा, भक्तराज आचार्य एवं एड्रियन प्रधानको स्वर मन पर्छ । अहिलेसम्म औपचारिक रूपमा संगीत नसिकेका सागर नयाँ शैलीको आफ्नो स्वर, मेहनत र सबैको साथले नेपाल आइडलको उत्कृष्ट १२ मा पर्न सफल भएको ठान्छन् । परिवारमा सांगीतिक वातावरण भएकाले यस क्षेत्रमा आफूलाई सजिलो भएको उनको भनाइ छ । नारायणगढबाट अडिसन दिएका उनी नेपाल आइडलको अन्तिम चरणसम्म पुग्नेमा आशावादी छन् । उत्कृष्ट १२ मध्ये बुद्ध लामाको गाउने शैली उनलाई मन पर्छ । बुद्ध लामा ठेगाना : नयाँबजार, पोखरा उमेर :२० वर्ष शिक्षा :प्लस टु अध्ययनरत नेपाल आइडलका लागि पोखराबाट अडिसन दिएर उत्कृष्ट १२ सम्मको यात्रा तय गरेका बुद्ध लामाले तीर्थराज पोखरेलसँग संगीत सिकेका छन् । परिवार खासगरी दिदी र दाइका कारण गायनमा लाग्न प्रेरणा मिलेको उनको भनाइ छ । नारायणगोपाल, भक्तराज आचार्य र अनिल सिंहको स्वर मन पराउने उनी पुराना र आधुनिक शैलीका गीत बढी मन पराउँछन् । उत्कृष्ट १२ मध्ये सुरज थापा, निशान भट्टराई र सागर आलेमगरबाट प्रभावित उनी नेपाल आइडलका हरेक क्षण यादगार रहेको बताउँछन् । मेहनत र सबैको मायाले यहाँसम्म आइपुगेको र अब पनि सबैको माया पाउने उनले अपेक्षा लिएका छन्। सुरज थापा ठेगाना :नेपालगन्ज, बाँके उमेर :३० वर्ष शिक्षा : आईए राजधानीबाट अडिसन दिएका सुरज थापा आधुनिक, सेमी क्लासिक र सेन्टिमेन्टल गीत मन पराउँछन् । उनलाई पुराना पुस्तामा नारायणगोपाल, भक्तराज आचार्य एवं नयाँ पुस्तामा स्वरूपराज आचार्यको स्वर मन पर्छ। आफ्नो स्वरको स्तर, मेहनत र आत्मविश्वासका कारण नेपाल आइडलको उत्कृष्ट १२ सम्म आइपुगेको उनलाई लागेको छ । उपाधिका लागि आफूलाई दाबेदार मान्ने सुरजले आरआर कलेजमा पढ्दा बेनी जंगम, दिनेश थापा र लाक्पा शेर्पाबाट गायनसम्बन्धी प्रशिक्षण लिएका छन् । रेडियो नेपालमा पुराना कलाकारको गीत सुनेर आफू गीतसंगीतप्रति आकर्षित भएको सुरजको भनाइ छ । नेपाल आइडलमा आएपछि धेरै कुरा सिकेको र यसले आफ्नो गायन करिअरमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले लिएका छन् । प्रमिला राई ठेगाना :बालाजु, काठमाडौं उमेर :२२ वर्ष शिक्षा :स्नातक (अध्ययनरत) सबिन राई, अभया सुब्बा र एड्रियन प्रधानको स्वर मन पराउने प्रमिला राईले नेपाल आइडलका लागि राजधानीबाट अडिसन दिएकी हुन् । पप रक गीत गाउन रुचाउने उनी अंग्रेजी गीतकी सोखिन हुन् । आफू संगीतको सोखिन हुनुका साथै कडा मेहनत गरेकाले नेपाल आइडलजस्तो प्रभावशाली प्रतियोगिताको उत्कृष्ट १२ सम्म आइपुगेको उनको भनाइ छ । आफ्नो मेहनतमा संगीतप्रेमी श्रोतादर्शकको माया र साथ रहेमा उपाधि जित्नसक्ने उनको विश्वास छ । परिवारको प्रेरणा र खासगरी बुवाको साथका कारण संगीत क्षेत्रमा लागेकी प्रमिलाले यसअघि औपचारिक रूपमा कसैसँग पनि संगीत सिकेकी छैनन् । उत्कृष्ट १२ मा परेकामध्ये प्रताप दास र सुरज थापाको स्वर मन पराउने उनी उत्कृष्ट १८ मा परेका प्रताप लामाको स्वर र गायनशैलीबाट प्रभावित थिइन् । केन्जल मेहर श्रेष्ठ ठेगाना :बालकुमारी, ललितपुर उमेर :२२ वर्ष शिक्षा :स्नातक (अध्ययनरत) आफूसँगै उत्कृष्ट १२ मा आएकामध्ये प्रमिला राई, राहुल विश्वास र प्रताप दासको गायन कला मन पराउने केन्जललाई नेपाल आइडलमा सहभागी भएपछि सँगालेका हरेक क्षण अविस्मरणीय लागेको छ । सिलु जोशी र करणराज कार्कीसँग सांगीतिक ज्ञान हासिल गरेकी उनी बुवा र म्युजिक इन्स्टिच्युटका कारण संगीत क्षेत्रमा आएको बताउँछिन् । नेपाल आइडलजस्तो प्रतिष्ठित प्रतियोगिताको उत्कृष्ट १२ सम्म आइपुग्नुलाई ठूलो उपलब्धि मानेकी उनको लक्ष्य भने जित्ने नै रहेको छ । संगीतप्रति आफ्नो लगाव र मेहनतका कारण यो उपलब्धि हासिल गरेको उनको भनाइ छ । सुक्मित गुरुङ, एड्रियन प्रधान, सबिन राई र अभया सुब्बाको स्वर मन पराउने केन्जल पनि पप र रक गीतकी पारखी हुन् । प्रताप दास ठेगाना :झरुवारासी, ललितपुर उमेर :२२ वर्ष शिक्षा :स्नातक (अध्ययनरत) नारायणगोपाल र कर्णदासको स्वर मन पराउने प्रताप दास प्राय:सबै प्रकारका गीत गाउन र सुन्न मन पराउँछन् । प्रतियोगितामा सहभागी हरेकको लक्ष्य जित नै भएकाले आफ्नो पनि अहिले एकमात्र लक्ष्य नेपाल आइडल बन्ने रहेको उनी बताउँछन् । 'तर, उत्कृष्ट १२ सम्म आइपुग्नु पनि ठूलो उपलब्धि हो', उनले भने । पारिवारिक वातावरण नै सांगीतिक भएकाले आफूलाई यस क्षेत्रमा लाग्न र अघि बढ्न सजिलो भएको उनको भनाइ छ । प्रतापले धनबहादुर गोपाली र बद्री बहादुरसँग लगभग तीन वर्ष गायनसम्बन्धी प्रशिक्षण लिएका छन् । नेपाल आइडलका लागि देशभरबाट भएको अडिसनबाट छनोट भएका एक सय ३३ जना प्रतियोगी पहिलोपटक एउटै हलमा बस्दाको क्षण उनलाई रोमाञ्चक लाग्छ । मेनुका पौडेल ठेगाना : हल्दीबारी, झापा उमेर : १८ वर्ष शिक्षा : प्लस टु रनिङ काठमाडौंबाट अडिसन दिएकी मेनुका पौडेलले नेपाल आइडलको उत्कृष्ट १२ सम्म आइपुग्दा आफ्नो बेग्लै छवि स्थापित गरिसकेकी छन् । दृष्टिविहीन मेनुकाको स्वरका पारखीको संख्या बढ्दो छ । नारायणगोपाल र तारादेवीको स्वर मन पराउने उनी शास्त्रीय र पुराना मेलोडियस गीत सुन्न र गाउन मन पराउँछिन् । कडा मेहनतका कारण नेपाल आइडलको उत्कृष्ट १२ सम्मको यात्रा तय गरेकी उनलाई घटीमा पनि उत्कृष्ट पाँचसम्म पुग्ने विश्वास छ । आफू अध्ययनरत विद्यालयका कारण संगीत क्षेत्रमा लाग्ने प्रेरणा मिलेको उनी बताउँछिन् । मेनुकाले अनिल फागोसँग पाँच वर्ष शास्त्रीय संगीत सिकेकी छन् । अहिलेका प्रतियोगीमध्ये निशान भट्टराईको गायनकला मन पराउने उनी नेपाल आइडलको पारिवारिक वातावरणका कारण यो क्षण जीवनका लागि अविस्मरणीय रहने बताउँछिन् । सन्ध्या जोशी ठेगाना : धनगढी, कैलाली उमेर : २३ वर्ष शिक्षा : स्नातक अध्ययनरत सुदूरपश्चिमकी सन्ध्या जोशीले काठमाडौंबाट अडिसन दिएकी हुन् । अमृत गुरुङ र अभया सुब्बाको गीत मन पराउने उनी पप, रक एवं लोकगीतकी पारखी हुन् । आफ्नो मेहनत र दर्शकको मायाका कारण नेपाल आइडलको उत्कृष्ट १२ सम्म आइपुगेको उनको भनाइ छ । 'मेरो प्रयास नेपाल आइडल नै बन्ने हो', सन्ध्याले भनिन्, 'मेहनत गरिरहेकी छु । दर्शकको पनि साथ पाउने आशा छ ।' सानैदेखि टेलिभिजन र एफएम रेडियोमा प्रसारण भएका गीत सुनेर उनी संगीत क्षेत्रमा लाग्न प्रेरित भएकी हुन् । धेरै ठाउँमा धेरै साथीसँग गाए पनि उनले औपचारिक रूपमा कसैसँग पनि संगीत सिकेकी छैनन् । नेपाल आइडलका लागि क्लोज क्याम्पमा रहँदा साथीहरूसँग रमाइलो गर्दै गाएका, रमाएका क्षण अविस्मरणीय हुने सन्ध्या बताउँछिन् ।  तस्बिर : उमा विष्ट , यो सामाचार अन्नपुर्ण पोस्ट बाट साभार  गरिएको छ ।


यो च्यानललाइ सब्सक्राइब गर्न नबिर्सिनुहोला । तल YouTube Button मा Click गर्नुहोला ।

Post a Comment

0 Comments