अब एनसेलले पनि चौंथो पुस्ताको दूरसञ्चार सेवा फोरजी सेवा प्रारम्भ गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलललाई फोरजी सञ्चालनको अनुमति दिएको छ ।
आगामी जुन १ अर्थात जेठ १८ गतेदेखि फोरजी चलाउन सक्ने गरी एनसेललाई फोरजी अनुमति दिइएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।
प्राधिकरण सञ्चालक समितिको बैठकले एनसेलले फोरजीका लागि पेश गरेको रोलआउट प्लानलाई स्वीकृत गर्दै फोरजी सञ्चालनको बाटो खुला गरिदिएको छ ।
प्राधिकरण सञ्चालक समितिको बैठकले एनसेलले फोरजीका लागि पेश गरेको रोलआउट प्लानलाई स्वीकृत गर्दै फोरजी सञ्चालनको बाटो खुला गरिदिएको छ ।
अब एनसेलले तत्कालै फोरजीको परीक्षण गर्न गर्न सक्नेछ । एनसेलले प्राधिकरणसमक्ष अनुमति पाएको एक महिनाभित्र फोरजी चलाउने गरी योजना प्रस्तुत गरेको थियो ।
उसले फोरजीका लागि आन्तरिक तयारीसमेत गरिरहेको छ । एनसेलसँग १ हजार ८ सय मेगाहर्ज ब्यान्डमा ११ मेगाहर्ज फि्रक्वेन्सी छ । यसैलाई उपयोग गरेर अब एनसेलले फोरजी चलाउन सक्ने प्रवक्ता अर्यालले बताए । फोरजीका लागि थप फि्रक्वेन्सी भने नदिइएको अर्यालले बताए ।
फोरजीका लागि निवेदन दिएको स्मार्ट टेलिकमले भने अनुमति पाएको छैन । नेपाल टेलिकमले यसअघि नै फोरजी सेवा सञ्चालनमा ल्याइसकेको छ ।
हालै संशोधन गरिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्यसम्बन्धी) नीतिले पुरानै ब्यान्डको फ्रिक्वेन्सीमा नयाँ सेवा सुरु गर्न पाइने व्यवस्था गरेको छ ।
यो च्यानललाइ एकचोटी अवश्य नै भिजिट गर्नु होला । तलको तस्वीरमा click गर्नु होला । Tech Video हरू ह्रर्न लाइ यो च्यानललाइ अवश्य नै Subscribe गर्नु होला ।हालै संशोधन गरिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्यसम्बन्धी) नीतिले पुरानै ब्यान्डको फ्रिक्वेन्सीमा नयाँ सेवा सुरु गर्न पाइने व्यवस्था गरेको छ ।
सोही व्यवस्थाअनुसार एनसेलले प्रविधिगत तटस्थता (टेक्नोलोजी न्युट्रल) गरी पहिले नै पाएको १ हजार ८ सय मेगाहर्ज ब्यान्ड फ्रिक्वेन्सीमा फोरजी चलाउन अनुमति पाएको हो । नेपाल टेलिकमले पनि टेक्नोलोजी न्युट्रालिटीमा फोरजी लाइसेन्स पाएको थियो ।
प्राधिकरणले एनसेललाई ९ सय मेगाहर्ज ब्याण्डमा थ्रीजी विस्तारको अनुमति पनि पाएको छ । अब एनसेलले प्राधिकरणले ल्याएको नयाँ ब्रोड ब्याण्ड नीतिअनुरुप गाउँ-गाउँसम्म उच्चगतिको इन्टरनेटका लागि ९ सय मेगाहर्ज ब्याण्डमा थ्रीजी सेवा विस्तार गर्न सक्ने प्रवक्ता अर्यालले बताए ।
एनसेलले यसमार्फत ६० प्रतिशत जनताका ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने गरी प्रस्ताव पेश गरेको थियो । अबको १२ महिनाभित्रै ६० प्रतिशत नागरिकलाई उच्च गतिको इन्टरनेट दिने गरी एनसेलले गरेको प्रस्तावलाई ध्यानमा राख्दै ९ सय मेगाहर्ज ब्याण्डलाई पनि टेक्नोलोजी न्युट्रालिटीको स्वीकृति दिइएको हो । एनसेलसँग ९ सय मेगाहर्जमा ८ मेगाहर्जको फ्रीक्वेन्सी छ ।
के हो फोरजी ?
फोरजी भनेको ‘फोर्थ जेनेरेसन वायरलेस’ अर्थात चौथो पुस्ताको ताररहितको इन्टरनेट डाटा प्रविधि जुन मोबाइल इन्टरनेट प्रबिधिमा सवैभन्दा पछिल्लो प्रबिधि हो ।
पछिल्लो प्रबिधि भएको हुनाले स्वभाविकरुपमा फोरजी थ्रीजीभन्दा तिब्र गतिको हुन्छ । आइटियूको मापदण्ड अनुसार १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबीपीएस) गतिको इन्टरनेट सहितको सेवालाई फोरजी भनिन्छ ।
बिभिन्न देशमा टेलिकम कम्हपनीरुले १ सय एमबीभन्दा कम क्षमतामै फोरजी सेवाका रुपमा चलाइरहेका छन् । नेपाल टेलिकमले भने ३०एमबीपीएसमा फोरजी चलाइरहेको छ ।
फोरजी सेवामा मोबाइल वेब एक्सेस, आइपि टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पनि पर्दछन् ।
0 Comments