Header Ads Widget

Ticker

6/recent/ticker-posts

सबैभन्दा धेरै आम्दानी गर्ने टेक कम्पनीमा सामसङ


काठमाडौं : सामसङ इलेक्ट्रोनिक्स प्रालि टेक्नोलोजी (टेक) कम्पनीमध्ये सबैभन्दा बढी आम्दानी गर्ने कम्पनीको रूपमा पहिलो नम्बरमा छ । गत हप्तामात्र कम्पनीले सार्वजनिक गरेको सन् २०१७ को दोस्रो तीन महिनाको प्रतिवेदनका आधारमा सामसङले पहिलो पटक यो सफलता हात पार्न सफल भएको हो । दोस्रो तीन महिनाको प्रतिवदेन अनुसार कम्पनीको आम्दानी एक करोड २९ लाख अमेरिकी डलर छ ।


यो सामसङ कम्पनीको इतिहासमै कुनै पनि वर्षको तीन महिनामा भएको सबैभन्दा ठूलो आम्दानी पनि हो । यो सफलता हात पार्ने क्रममा कम्पनीले पहिलो पटक एप्पललाई समेत पछि पारेको छ । निरन्तर रूपमा आम्दानीको हिसाबले सामसङलाई उछिन्दै आएको एप्पल भने यो त्रैमासिकमा पछि परेको छ । एप्पलको यो तीन महिनाको आम्दानी एक करोड पाँच लाख अमेरिकी डलर छ । यो वर्षको पहिलो तीन महिनामा सामसङभन्दा दोब्बर बढी आम्दानी गरेको एप्पलको दोस्रो तीन महिनामा आम्दानीमा ठूलो कमी आएको देखिएको हो ।

पहिलो तीन महिनामा एप्पलको आम्दानी एक करोड ४१ लाख अमेरिकी डलर थियो भने सामसङको आम्दानी ८८ लाख ६० हजार अमेरिकी डलरमात्र थियो । आम्दानीको हिसाबमा सामसङले सन् २०१३ को तेस्रो त्रैमासिकमा आम्दानीमा पाएको सफलतालाई तोड्न सफल भएको छ । सन् २०१३ को तेस्रो त्रैमासिकलाई सामसङको अहिलेसम्मकै सबैभन्दा सफल समयको रूपमा हेरिँदै आएको थियो । उक्त त्रैमासिकमा कम्पनीले ९४ लाख ५० हजार अमेरिकी डलर आम्दानी गरेको थियो । तर, उक्त समयमा सामसङले एप्पललाई भने पछि पार्न सकेको थिएन । त्यसपछिका वर्षमा निरन्तर घट्दै गएको सामसङको आम्दानीले सन् २०१७ को दोस्रो त्रैमासिक आएर फेरि उही सफलता दोहोर्‍याएको छ ।
यो च्यानललाइ एकचोटी अवश्य नै भिजिट गर्नु होला । तलको तस्वीरमा  click गर्नु होला । Tech Video हरू ह्रर्न  लाइ  यो च्यानललाइ अवश्य नै  Subscribe गर्नु होला ।

विश्वभर टेक कम्पनीको कारोबार तथा बजारको तथ्यांक राख्दै आएको संस्था एस एन्ड पी ग्लोबल मार्केट इन्टिलिजेन्सले सार्वजनिक गरेको प्रतिवेदनका आधारमा सामसङले गत वर्षको सोही अवधिको तुलनामा ७२ प्रतिशतले आम्दानीमा वृद्धि गरेको छ । सामसङलाई यो सफलता हात पार्न यसको इलेक्ट्रोनिक्स उत्पादनको ६० प्रतिशत योगदान रहेको छ । त्यसका साथै कम्पनीको चिप मेमोरीमा भएको मल्य वृद्वि र त्यसको बढ्दो मागले पनि सहयोग पुर्‍याएको छ । त्यस्तै कम्पनीले पछिल्लो समय सार्वजनिक गरेको फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी एस८ को पनि यसमा ठूलो हात रहेको कम्पनीले जनाएको छ ।

सामसङलाई यो सफलता हात पार्न यसको इलेक्ट्रोनिक्स उत्पादनको ६० प्रतिशत योगदान रहेको छ ।
कम्पनीका अनुसार ग्यालेक्सी एस८ र एस८ प्लस सार्वजनिक भएको पहिलो त्रैमासिकमै ५० लाखभन्दा बढी बिक्री भएको थियो । उता एप्पलको उत्पादन आईफोनको बिक्रीमा भने निरन्तर कमी हुँदै गएको छ । यसका साथै कम्पनीले कुनै पनि नयाँ स्मार्टफोनको पहिलो भर्जनको लागि आफ्नो फ्लेगजिबल डिस्प्लेको रूपमा ‘अर्गानिक लाइट इमिटिङ ड्युड’ निर्यात गर्दै आएको छ । सामसङले विश्व मोबाइल बजारमा मोबाइल कम्पनीले प्रयोग गर्ने ओएलईडी डिस्प्लेमा समेत आफ्नो प्रभुत्व जमाएको छ । यतिसम्म कि, सामसङले एप्पललाई समेत आफ्नो मेमोरी चिप निर्यात गर्दै आएको द वाल स्ट्रिट जर्नलमा उल्लेख गरिएको छ ।

यो सफलताको साथै सामसङले एसियाको बजारमा समेत नयाँ सफलता हात पारेको छ । यो वर्ष एसियाकै सर्वाधिक लोकप्रिय ब्रान्डको सूचीमा सामसङ पर्न सफल भएको छ । ग्यालेक्सी एस८ को सार्वजनिकले सामसङलाई यो सफलता दिलाएको हो । क्याम्पियन एसिया प्यासिफिक र निल्सेनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कम्पनी सूचीको पहिलो नम्बरम पर्न सफल भएको हो । एसियाका उत्कृष्ट एक हजार ब्रान्डमा सामसङ इलेक्ट्रोनिक्स पहिलो नम्बरमा छ । उक्त क्रममा एप्पल दोस्रो, सोनी तेस्रो, र नेस्ले चौथो नम्बरमा रहेका छन् ।
साभार अन्नपूर्ण पोस्टबाट
यो च्यानललाइ सब्सक्राइब गर्न नबिर्सिनुहोला । तल YouTube Button मा Click गर्नुहोला ।

Post a Comment

0 Comments