Header Ads Widget

Ticker

6/recent/ticker-posts

What To Do When Your Mobile Gets Wet - यदि तपाइको मोवाइलभित्र पानी पस्यो भने के गर्ने - Solve This


वर्षातको समयमा कतिवेला पानी पर्छ थाहा नै हुँदैन । बिहान मजाले घाम लागेको छ भनेर छाता नलिई हिँड्दा दिउँसो भिज्नुपर्ने अवस्था आउँछ । पानी परेको वेला हिँड्दा सबैभन्दा बढी असर आफूले बोकेको मोबाइललाई हुन्छ । पानीलाई मोबाइलको सबैभन्दा ठूलो शत्रु भन्दा पनि हुन्छ । मोबाइल वा अन्य ग्याजेटमा कुनै कारणले पानी पसेमा बिग्रने सम्भावना बढी नै हुन्छ । वर्षातमा यस्ता ग्याजेट जोगाउने सबैभन्दा उत्तम उपाय भनेको नै पानी छिर्न नदिनु हो । तर, कतिपय अवस्थामा भरमग्दुर प्रयास गर्दागर्दै पनि दुर्भाग्यवश पानी पर्न सक्छ । आफ्नो ग्याजेटलाई पानीबाट जोगाउन बानेश्वर प्रिन्स मोबाइलका सुजन राजभण्डारीको सुझाब यस्तो छ : 


वर्षातको समयमा बाहिर निस्कँदा सबैभन्दा पहिला मोबाइललाई प्लास्टिक ब्याग वा पोलेथिनमा बेरेर राख्दा पनि हुन्छ । रेनकोटमा लगाएको छु भनेर ढुक्क हुनुहुँदैन । कतिपय अवस्थामा पानी छिर्न पनि सक्छ । मोबाइलमा पानी छिरेको थाहा भएमा तुरुन्त मोबाइल स्विचअफ गर्नुपर्छ । मोबाइल अफ गरेपछि सबैभन्दा पहिले ब्याट्री निकाल्नुपर्छ । ब्याट्री ननिकालेमा त्यहाँ भएको करेन्टले मोबाइल सर्ट हुने सम्भावना हुन्छ ।नयाँ पत्रिकामा खबर छापिएको छ । मोबाइल खोल्न आउँछ र आफूसँग त्यस्तो साधन छ भने तुरुन्त खोल्नुपर्छ । त्यसलाई सुक्खा गर्न हेयर ड्राइयर प्रयोग गर्नुपर्छ । बाहिरी भाग मात्र पुछेर हुँदैन । भिजेको मोबाइललाई घाममा ठाडो पारेर सुकाउनुपर्छ । यसो गर्दा मोबाइलको भित्री भागमा भएको पानी बगेर झर्न सक्छ । 

अहिले कतिपय ब्याट्री ननिस्कने मोडल पनि बजारमा आएका छन् । यस्तो मोबाइलमा पानी पसेमा भने तुरुन्त प्राविधिककहाँ बनाउन लानुपर्छ । अन्यथा, बिग्रने सम्भावना अत्यधिक हुन्छ । कुनै कारण पानीमा भिज्नैपर्ने अवस्था आएमा मोबाइलको ब्याट्री निकाल्नु उपयुक्त हुन्छ । पानी सुकाएपछि ब्याट्री हालेर अन नभएमा धेरैले चार्जरमा जोडेर अन गर्न खोज्छन् । तर, मोबाइलमा पानीको मात्रा रहेको छ भने मोबाइल पूरै सर्ट भएर काम नलाग्ने हुन सक्छ । 

भिजेको मोबाइलमा पानी बाँकी छ–छैन भनेर थाहा पाउन सम्बन्धित प्राविधिककहाँ लानु नै उत्तम हुन्छ । कतिपयले चामलले पानी सोस्छ भनेर भिजेको मोबाइल चामलमा राख्ने गरेको पनि सुनिन्छ । तर, चामलले बाहिरी भागको पानी सोसे पनि भित्री भागमा रहेको पानी सोस्न सक्दैन । कतिपय अवस्थामा घाममा सुकाउँदा वा अन्य विकल्प प्रयोग गर्दा तत्कालका लागि मोबाइल सञ्चालनमा आउन सक्छ । तर, पानीसँग रियाक्सन भएर भित्र भएका कम्पोनेन्टमा खिया लाग्न सुरु हुन सक्छ । यस्तो समस्या समाधान गर्न प्राविधिकलाई देखाउनैपर्ने हुन्छ । 
रन्जित टेकबाट साभार

Keep your mobile safe from cerkit short

यो च्यानललाइ सब्सक्राइब गर्न नबिर्सिनुहोला । तल YouTube Button मा Click गर्नुहोला ।


Thanks for being in this channel !

Post a Comment

0 Comments